म्याग्नसले मनायो १० औँ वार्षिकोत्सव
काठमाडौं : म्याग्नस फर्माले औषधि उत्पादनको १० वर्ष पूरा गरेको छ। एक दशकको अवधिमा कम्पनीले अत्याधुनिक उपकरणमार्फत एक सय ५० किसिमका औषधि उत्पादन गरिरहेको छ।
यीमध्ये पाँचथरी औषधि नेपालमै पहिलोपटक उत्पादन गरिएको हो। म्याग्नसले उत्पादन गरेका १० थरी औषधि ब्रान्ड लिडरको रूपमा बजारमा स्थापित भएको कम्पनीको दाबी छ।
सन २००७ मा कम्पनी स्थापना गरी त्यसको दुई वर्षपछि औषधि उत्पादन शुरु गरेको कम्पनीले आफ्नो उत्पादन क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्नेगरी विकास गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक प्रेम कुमार जाटियाले बताए। उनले विश्व स्वास्थ्य संगठनको निर्देशन बमोजिम कुशल औषधि उत्पादन प्रकृया पूरा गरेको पनि जानकारी दिए।

‘हामीले संख्या भन्दा पनि औषधिको गुणस्तरलाई ध्यानमा राख्दै आएका छौँ’, उनले भने, ‘कम्पनीलाई १० वर्षमा ‘टप टेन’ मा पार्न कर्मचारीको ठूलो हात छ। २३ जनाबाट शुरु गरिएको कम्पनीमा हाल दुई सय ५० कर्मचारी कार्यरत छन्।
काठमाडौंमा बुधबार आयोजित वार्षिकोत्सव कार्यक्रममा औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले औषधि उद्योगमध्ये म्याग्नसले छोटो समयमा नै आफूलाई स्थापित गरेकाे बताए। ‘उद्योग भनेका राष्ट्रका सम्पत्ति हुन्’, उनले भने, ‘यिनीहरूलाई कसरी संरक्षण गर्ने भन्ने नीति ल्याउन जरुरी छ।’
कार्यक्रममा वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकर लाल दासले सामाजिक काममा समेत हात हालेको भन्दै म्याग्नसको प्रशंसा गरे।
कम्पनीले मुटु रोग, मधुमेह, हेपाटाइटिस, मानसिक राेग लगायत नेपालमा देखा परेका सबैजसो रोगको उपचारमा आवश्यक पर्ने औषधि उत्पादन गरिरहेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित