नोबेल शिक्षण अस्पतालमा सुत्केरीकाे मृत्यु
मोरङ : विराटनगरको नोबेल शिक्षण अस्पतालमा सामान्य प्रसूतिबाट बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ।
अस्पतालमा सामान्य प्रसूतिबाट बच्चा जन्माएकी सुनसरीको रामधुनीकी ३५ वर्षीया पार्वती कार्कीको मृत्यु भएको हो।
सामान्य प्रसूतिका क्रममा दोस्रो सन्तान जन्माएसँगै उपचारका क्रममा उनको मृत्यु भएको हो। अस्पतालको लापारवाहीका कारण पार्वतीको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। उनीहरूले नाराबाजी गर्दै उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गर्न माग गरेका छन्।
पार्वतीलाई प्रसूतिका लागि सोमबार नोबेलमा भर्ना गरिएको थियो। मंगलबार बिहान उनले दोस्रो सन्तानका रूपमा छोरी जन्माएकी थिइन्। बुधबार उनकाे मृत्यु भएकाे हाे।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचारमा चिकित्सकले लापरबाही नगरेको दाबी गरे।
नवजात शिशुको स्वास्थ्य सामान्य रहेको छ। मृतक पार्वतीका श्रीमान् दीपक कार्की रोजगारीका क्रममा कतारमा छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण