स्तनपानका फाइदा
आमाबाबुको सक्षमता: स्तनपानको सफलता ’ भन्ने नारासहित यो वर्षको स्तनपान सप्ताह बिहिवारदेखि शुरु भएको छ। शिशुलाई छ महिनासम्म पूर्ण स्तनपान गराउन प्रेरित गर्दै अगष्ट १ देखि ७ सम्म विश्वभर यो सप्ताह मनाउने गरिन्छ । स्तनपान सप्ताहको अवसर पारेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले आज स्तनपान सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
चिकित्सकहरुका अनुसार स्तनपानले शिशुको रोगसँग लड्ने क्षमतामा वृद्धि गर्ने मात्र हैन यसले आमालाई गर्भ निरोधकको रुपमा समेत मद्दत गर्छ । शिशुलाई जन्मिनासाथ आमाले स्तनपान गराएर छातीमा टाँसेर राख्दा यसले आमाको पाठेघर खुम्चिने प्रक्रियालाई सहज बनाउँछ जसले गर्दा साल सजिलै निस्कनसमेत मद्दत गर्छ र रक्तश्राव कम गर्छ। नवजात शिशुलाई चाहिने सम्पूर्ण पौष्ष्टिक तत्त्व आमाको दुधबाट नै पुग्छ।
यसैगरी आमाको दूधका लागि पैसा पर्दैन जसले गर्दा स्तनपानले परिवारमा आर्थिक भार समेत कम गर्ने चिकित्सकहरुको भनाई छ । स्तनपान बच्चाको लागि सबैभन्दा सुरक्षित पानीको स्रोत पनि हो । बाल्यकालमा आमाको पर्याप्त दूध खान नपाएका बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ। उनीहरूको शारीरिक र बौद्धिक विकासमा समेत अवरोध पुग्छ। आमाको दुधले बच्चाको रोग प्रतिरोधी क्षमता समेत बढाउँछ ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा ‘पूर्ण स्तनपान’ गराउनेको संख्या जम्मा ६६ प्रतिशत छ । यसैगरी शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र छ । शिशुलाई कहिल्यै पनिक्षमता स्तनपान नगराउने आमाको संख्या एक प्रतिशत रहेको पाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण