सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्रीको छड्के अनुगमन
काठमाडौं: पछिल्लो समय उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विभिन्न अस्पतालमा छड्के निरीक्षण गर्ने कामलाई तिब्रता दिएका छन्। यही क्रममा उनले बुधबार स्वास्थ्य मन्त्रालय नजिकै रहेको सिंहदरबार वैद्यखानाको छड्के अनुगमन गरे।
बुधबार दिउँसो मन्त्री यादव स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, सचिव रामप्रसाद थपलियासहित वैद्यखाना पुग्दा धेरै कर्मचारी अनुपस्थित थिए ।
वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले करिब ५० जना कर्मचारी मध्ये ४ जना मात्र बिदा लिएर बसेको जानकारी दिएका थिए । पछिल्लो समय वैद्यखानाको कामकारबाहीबारे जनगुनासो बढेपछि स्वास्थ्यमन्त्री यादवले बुधबार दिउँसो छड्के अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा मन्त्री यादवले वैद्यखानाको प्रगति विवरण एक साता भित्र मन्त्रालयमा बुझाउन प्रबन्ध निर्देशक खरेललाई निर्देशन दिएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित