Health TV Online
Health TV Online
Health TV Online

निजी क्षेत्रका चिकित्सकले धान्दै सरकारी अस्पताल

निजी क्षेत्रका चिकित्सकले धान्दै सरकारी अस्पताल

डोटी : चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ।

अस्पतालमा नवौँ र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा. भूषण मिश्र मात्रै कार्यरत छन्। उनी निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन्।

अस्पतालमा सरकारी डाक्टर नभएपछि गैरसरकारी संस्था निक साइमन इन्टरनेशनलले दुई जना चिकित्सक उपलब्ध गराएको छ। एमडीजीबी गरेका डा. गिरिश अवस्थी र एमबीबीएस गरेका डा. खुर्सिद आलम खान छन्।

अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्रले बताए। अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या आएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक कम भए पनि स्वास्थ्यकर्मीको दरबन्दी भने पूर्ण छ।

अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अस्पतालमा अहिलेसम्म जम्मा १५ शय्या मात्रै स्वीकृत छ। सरकारले ५० शय्याका अस्पताल बनाउने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन भएको छैन।

भौतिक पूर्वाधार तयार भएको रिपोर्टसहितको ५० श्ययाको अस्पतालको माग गरिए पनि सरकारी निकायबाट नै कार्यान्वयन गर्ने भन्ने आदेश नआएकाले ५० शय्याको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार