Health TV Online
Health TV Online
Health TV Online

जंगली च्याउ खाँदा बुहारीकाे मृत्यु, सासू उपचाररत

जंगली च्याउ खाँदा बुहारीकाे मृत्यु, सासू उपचाररत

विराटनगर : जंगली च्याउ खाएर बिरामी परेकी पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ की ४८ वर्षीया सुनिता चेम्जोङको मृत्यु भएको छ।

विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको प्रदेश १ प्रहरीले जनाएको छ।

गत साउन ७ गते सासू सन्तमायाले जंगलबाट च्याउ ल्याएकी थिइन्। सोही च्याउ खाँदा सासू बुहारी दुवैजना बिरामी परेका थिए।

सन्तमायाको उपचार मनमोहन अस्पताल बिर्तामोड झापामा भइरहेको जानकारी प्रहरीले जनाएको छ। सुनितालाई त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि विराटनगर ल्याइएको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार