जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता घुस रकमसहित पक्राउ
काठमाडौं : राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता घुस रकमसहित पक्राउ परेका छन् ।
गुप्तालाई सोमबार बबरमहलस्थित वन विभागको परिसरबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
गुप्ताले जनचेतनामूलक सामग्रीहरू रेडियोमा प्रचार–प्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरेकोकम्पनीसित भुक्तानी गरेपश्चात् कमिसनबापत उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ । गुप्ताले भुक्तानीमा कमिसनबापतको घुस माग गरिरहेको सूचना तथा उजुरीका आधारमा उनीमाथि अनुसन्धान गर्दा घुस लिइसकेको अवस्थामा घुस रकमसहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण