प्रहरी अस्पताललाई मेडिकल उपकरण
बाँके : प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई एक करोड रूपैयाँबराबरका मेडिकल उपकरण प्रदान गरेको छ।
अस्पतालका लागि आवश्यक डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबलजस्ता अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख प्रहरी उपरीक्षक डा. आशीष दत्तले जानकारी दिए।
आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आइतबार अस्पताल उद्घाटन गर्दै ती सामग्री प्रदान गरेका हुन्। नागरिकको सुरक्षामा खटिने प्रहरी तथा कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न २०५५ सालमा स्थापना गरिएको उक्त अस्पताल २०५८ सालदेखि आफ्नै भवनमा सञ्चालन हुँदै आएको थियो।
मन्त्रालयले अस्पतालका लागि आवश्यक पर्ने डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी र टेबललगायत अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख दत्तले जानकारी दिए।
ओपिडी, इमर्जेन्सी, फार्मेसी, वार्ड, माइनर, ओटी, एक्सरे, फिजियो थेरापी सेवाका साथै प्रयोगशालासमेत रहेको १५ शय्याको उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकहरूले सेवा प्रवाह गर्दै आइरहेको दत्तले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण