सामुदायिक वनकाे आम्दानीले स्वास्थ्य बिमा
तनहुँ : जिल्लाको म्याग्दे गाउँपालिका–५ मा रहेको फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बिमा गरिएको छ।
काठ बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बिमा गरिएको हो। गत वर्ष २० लाख रुपैयाँ आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बिमाका लागि प्रति परिवार दुई हजार ५०० रुपैयाँका दरले दुई लाख पाँच हजार रुपैयाँ लगानी गरिएको हो।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मानकुमार श्रेष्ठले सामुदायिक वनको आम्दानी उपभोक्ताकै हितमा लगानी गर्नुपर्ने प्रावधानअनुसार वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बिमा गरिएको बताए। २०६६ सालमा समुदायमा हस्तान्तरण भएको उक्त वन २०१ हेक्टर क्षेत्रफलमा फैलिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित