मुलुकको ठूलो अस्पतालमा नै स्वास्थ्यकर्मी अभाव
काठमाडौं : नेपालको सबैभन्दा जेठो वीर अस्पतालमा चिकित्सक, नर्स र प्राविधिक अभाव छ। दुई हप्ताअघि निर्माण सम्पन्न भएको अस्पतालको १०० शय्याको नयाँ भवन जनशक्ति अभावका कारण प्रयोगमा आउन सकेको छैन।
२०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना भएको थियो। प्रतिष्ठानअन्तर्गतको अस्पताल भवन जापान सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको थियो।
अस्पतालको १३०औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा निर्देशक चिकित्सक केदार सेन्चुरीले नयाँ भवन बने पनि चिकित्सक, नर्स र आवश्यक उपकरण अभावमा सञ्चालन गर्न नसकेको बताए।
नयाँ भवन सञ्चालन एवं नयाँ जनशक्ति थप गर्न अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो। हालसम्म कुनै जानकारी नआएको निर्देशक सेन्चुरीले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित