पाल्पामा बढे नसर्ने राेगका बिरामी
पाल्पा : जिल्लामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढेका छन्। पछिल्लो समय जिल्लामा मधुमेह, दीर्घ श्वासप्रश्वास, मुटु, क्यान्सरसम्बन्धी रोगका बिरामी बढेका हुन्।
आर्थिक वर्ष ०७३\०७४ मा ५० प्रतिशत, ०७४\०७५ मा ६० प्रतिशत र २०७५\०७६ मा ६६ प्रतिशत नसर्ने रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए। धूमपान, मद्यपान, अस्वस्थकर खानपान, परिवर्तित जीवनशैलीका कारण नसर्ने रोगको बिरामी बढेको उनको भनाइ छ।
‘स्वास्थ्यलाई हानिकारक हुने खालका खानेकुराको सेवन, सरसफाइमा ध्यान नदिनु, र जीवनशैली परिवर्तन गरी सुखसयलमा बिताउने गर्दा नसर्ने रोगले छिटो आक्रमण गर्न थालेको छ’, उनले भने, ‘जिल्लामा बर्सेनि यो रोगका बिरामी बढेका छन्।
यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई ‘लाइफ स्टाइल डिजिज’ (जीवनशैली सम्बन्धित रोग) समेत भनिन्छ। आजभोलि यहाँका धेरै मानिस नसर्ने रोगबाट पीडित भएको पाइन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण