चिकित्सक लाइसेन्स परीक्षा : एमबीबीएसमा ७८, बीडीएसमा ३९ प्रतिशत पास
काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा एमबीबीएसतर्फ ७८ परीक्षार्थी उत्तीर्ण भएका छन्। यस्तै र बीडीएसतर्फ ३९ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
काउन्सिलले शनिबार लिएको परीक्षामा एमबीबीएस तर्फका एक हजार ३११ जना र बीडीएसतर्फ १३८ जना उत्तिर्ण भएका हुन्।
एमबीबीएस अध्ययन पूरा गरेका एक हजार ६८१ जनाले चिकित्सकको लाइसेन्सिङ परीक्षाका लागि फर्म भरेका थिए भने बीडीएस तर्फका तीन सय ५३ जनाले फर्म भरेका थिए।
नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेका चिकित्सकका लागि वर्षमा ३ पटक दर्ता परीक्षा सञ्चालन गर्दै आएको छ।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित