एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने
ओखलढुङ्गा : सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ। सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख छ।
५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिए।
सहाराविहीन भएकाहरूलाई समेट्ने लक्ष्यअनुरूप एकल महिला लक्षित कार्यक्रम ल्याएको उनको भनाइ छ। ‘वर्षमा पाँच हजार मात्रै दिँदा पनि सामान्य रोगको उपचार गर्न पुग्ने रहेछ। एकल महिलालाई मात्रै होइन जटिल प्रकृतिका रोग लागेकाहरूलाई थप सहयोग गर्ने पनि हाम्रो नीति छ’, उनले भने।
अध्यक्ष अधिकारीका अनुसार एकल महिलाले विवाह गरेमा उपचार खर्च पाउने छैनन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण