Health TV Online
Health TV Online
Health TV Online

गंगालाल अस्पतालको आकस्मिक तथा बहिरंग सेवा नयाँ भवनबाट सुरु

गंगालाल अस्पतालको आकस्मिक तथा बहिरंग सेवा नयाँ भवनबाट सुरु

काठमाडौं : बाँसबारीस्थित गंगालाल राष्टिय हृदय केन्द्रले आजदेखि आकस्मिक तथा बहिरंग सेवा नयाँ भवनबाट सुरु गरेको छ। नवनिर्मित आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गंगालाल अस्पतालले मुटुरोगको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । उनले भने , ‘यस अस्पतालबाट धेरै मुटुरोगीले नयाँ जीवन पाएका छन्। अब जनचेतना बढाउन पनि काम गर्नुपर्ने देखिन्छ ।’

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले गंगालाल अस्पतालले समयमै बहिरंग एवम आकस्मिक कक्ष भवन बनाउन सकेको भन्दै अब सेवा दिन सहज हुने बताए ।

भवन उद्घाटन कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवको समेत उपस्थिति थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार