दमकमा १९ जनालाई डेंगु
झापा : दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ। यो वर्ष अहिलेसम्ममा १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए।
दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रूपमा फैलिएको डेंगु यो वर्ष भने फाट्टफुट्ट मात्रै देखिएको उनले बताए।
दमकमा गर्मी शुरुदेखि नै डेंगुको सङ्क्रमण हुन नदिन त्यससम्बन्धी विभिन्न जनचेतना साथै लामखुट्टे बस्ने लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाले पनि डेंगु सङ्क्रमण कम देखिएको उनको भनाइ छ।
वर्षा रोकिएपछि भने जमेर रहेको पानीमा लार्भा बढ्ने भएकाले नष्ट गर्ने अभियान पुनःसञ्चालन गरिने अर्यालले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण