मुटुराेगी रेग्मीद्वारा सहयाेग याचना
बागलुङ : मुटुको मध्यभागमा प्वाल परेर काठमाडौँस्थित ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचार गराइरहेका बागलुङका एक युवालाई खर्च अभाव भएको छ।
निसीखोला गाउँपालिका–४ झिवाखोलाका १९ वर्षीय श्यामलाल रेग्मीलाई उपचार खर्च अभाव भएको हो।
मुटुमा प्वाल परेपछि शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिएका छन्। रेग्मीले मुटुको समस्या पत्ता लगाउनै आफूसँग रहेको रकम सकिएको भन्दै नले सहयोगको याचना गरेका हुन्।
मुटुको बीच भागमा प्वाल रहेकाले त्यसको शल्यक्रियाका लागि छ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन्। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले लाखौँ खर्चेर शल्यक्रिया गर्न सक्ने अवस्था नरहेको उनले बताए।
रेग्मीको मुटुको शल्यक्रियाको समय भदौ पहिलो साता अस्पतालले तोकेको छ। सहयोग गर्न चाहने सहयोगी दाताले श्यामलाल रेग्मीको नबिल बैंकको खाता नं ५३१००१७५०१७५७ र प्रभु बैंक निसीखोला शाखामा १६९१०७०१३१७०४६०००००१ जम्मा गर्न सक्नेछन्।
यस्तै ९८६७८६९७०३ र ९८२१३१९९३६ मा सम्पर्क गरी सहयोग गर्न परिवारले आग्रह गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण