डा भगवान कोइरालाले स्थापना गर्न लागेको अस्पताललाई ४१ रोपनी जग्गा उपलब्ध
काठमाडौं : सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले बालबालिकाका लागि स्थापना गर्न लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४१ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्ने क्रममा उक्त कुरा जानकारी दिएका हुन्। साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा कोइरालाले स्थापना गर्न लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४१ रोपनी १० आना ३ पैसा लिजमा उपलब्ध गराउने निर्णय गरेको हो ।
उनको संस्थालाई काठमाडौं जिल्ला साविक खड्का भद्रकाली गाविस वडा नंं ७ कित्ता नं ७३ हाल बुढानिलकण्ठ नगरपालिका वडा नं ७ कित्ता नं २३ को नेपाल सरकारका नाममा रहेको क्षेत्रफल ४१ रोनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरिएको छ।
डा कोइरालाले १८ वर्ष मूनिका बालबालिकाका लागि काठमाडौंमा १०० बेडको सुविधासम्पन्न अस्पताल एवम सातै प्रदेशमा ५० बेडको अस्पताल खोल्ने परियोजना अघि सारेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण