Health TV Online
Health TV Online
Health TV Online

दुवै मिर्गौला बिग्रेका श्रीशलाई आर्थिक सहयोग

दुवै मिर्गौला बिग्रेका श्रीशलाई आर्थिक सहयोग

बागलुङ : दुवै मिर्गौलामा समस्या भई उपचाररत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका ३६ वर्षीय गमप्रसाद श्रीश मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीश, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण कोरियामा रहेका नेपालीले सङ्कलन गरेको दुई लाख १२ हजार पीडितलाई प्रदान गरिएको हो।

काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि उहाँ हाल पोखरामा रहेको यहाँको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहेका नेपाल पत्रकार महासङ्घ गण्डकीका सचिव रुद्र श्रीसले बताए। सचिव श्रीश, बागलुङ–पोखरा मगर समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसलगायतको उपस्थितिमा पीडितलाई सहयोग रकम प्रदान गरिएको थियो ।

मिर्गौला प्रत्यारोपणका लागि ठूलो धनराशि खर्च हुने भएकाले रकम अभावका कारण उपचारमा समस्या भएको पीडित श्रीशले बताए। यसअघि पनि जापानमा सङ्कलन गरिएको पाँच लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। मिर्गौला प्रत्यारोपणका लागि ३० देखि ४० लाख रुपैयाँ खर्च हुने चिकित्सकले बताएको उनको भनाइ छ।

वैदेशिक रोजगारीमा रहेकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि स्वदेश फर्किएका श्रीशले सहयोगका लागि ९८४८९५११३५ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार