बनेपाकाे ठूलाचाैरमा स्वास्थ्य केन्द्र
काभ्रे : बनेपा नगरपालिका ३ ठूलाचौरमा नगर स्वास्थ्य केन्द्रको शुभारम्भ गरिएको छ। बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले नेपाल सरकारको नीति अनुसार वनेपा नगरपालिकाले सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिन शुरु गरेकाे बताए।
नगरपालिकाले १४ मध्ये ९ वटा वडामा स्वास्थ्य केन्द्र रहेको र बाँकी वडामा केही समयमा नै शुरु गरिने बताएको छ। बादेले नगरपालिकाले विगतका वर्षदेखि रेयुकाई आँखा अस्पतालमा निः शुल्क मोतियाविन्दुको अप्रेसन शुरु गरिएको, क्यान्सर सोसाइटीसँग सहकार्य गरी महिलाहरूको पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक परीक्षण शुरु गरिएको जानकारी दिए।
स्वास्थ्य केन्द्रकी अहेब सविता आचार्यले स्वास्थ्य केन्द्रबाट ३५ प्रकारका निःशुल्क औषधी वितरण, परिवार नियोजन, बाल रोग, खोप, सामान्य स्वास्थ्य परस्क्षण लगायत सेवा उपलब्ध रहेको उनले बताए।







आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?