‘बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खान ६ वर्ष भए पनि हुने’
काठमाडौं: नेकपाका सांसद रामनारायण विडारीले नेपालका सार्वजनिक स्थलमा खुलायाम मदिरा बिक्रि भएको भन्दै चिन्ता ब्यक्त गरेका छन्। बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दैं उनले नेपालमा जहाँ पनि मदिरा खुल्ला रहेको भन्दैं ध्यानाकर्षण गराए।
अरु देशमा निश्चित स्थान हुन्छ तर जहाँ बसेर पनि खान पाइने, अस्पताल, मन्दिर जहाँ पनि बसेर खान पाइने देश नेपाल नै भएको बताए । बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खान ६ वर्ष भए पनि हुने यो के हो यो ,उनले भने, ‘एउटा सटरमा रक्सी पसल, अर्कातिर औषधि पसल।’ कर आउँछ भनेर मोटर चढ्न पाइन्छ भनेर यसरी मनपरी गर्न त भएन नि।
सांसद बिडारीले २२ वर्ष नपुगेकाले रक्सी खान नपाउने कानुन बनाउनुपर्नेमा जोड दिए । नागरिकता बनाउन चाहिँ १८ वर्ष पुग्नुपर्नेु, उनले भने, अनि रक्सी खान चाहिँ रोकछेक नहुने।’अब टोलटोलमा को को जँड्याहा छन्, ती सबैको सूची उतार्नपर्ने समेत उनले माग गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण