संसदीय समितिलाई युवा चिकित्सक संघकाे पत्र, सबै विश्वविद्यालयमा पदको समानता कायम होस्
काठमाडौं : युवा चिकित्सक संघले सरकार मातहत विभिन्न विश्वविद्यालयमा अध्यापन गरिरहेका समान तहका शिक्षकरूलाई एक वा अर्को विश्वविद्यालयले नमान्ने, घटाउने गरेको भन्दै असन्तुष्टि जनाएको छ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीलाई सोमबार पत्र लेखी संघले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एसोसिएट प्रोफेसर र प्रोफेसरको समान तह रहे पनि त्यस तल केयुमा अध्यापन गर्ने शिक्षकरूले ‘भेरिफिकेसन’ लिनुपरे एक तह घटुवामा पर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो।
संघले आफू अनुकुलकालाई मात्र भेरिफिकेसन दिने गरेको पनि दाबी गरेको छ। अध्यक्ष डा. चेतन बस्नेतद्वारा हस्ताक्षरित पत्रमा निश्चित शैक्षिक योग्यता, शोधपत्र, अनुभवका आधारमा सबै विश्वविद्यालयमा पदको समानता कायम गर्न माग गरिएको छ।
विश्वविद्यालय कलेज र अनुगमनकारी निकायबीचको जुँगाको लडाइँमा शिक्षक विद्यार्थी परेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन समितिसँग संघले समितिसँग आग्रह गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण