दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बिमा
पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ।
लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरूको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले एक वर्षको बिमा गराएका हुन्।
गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बिमाकार्ड हस्तान्तरण गर्दै ‘सुखी नेपाल समृद्ध नेपाल’ निर्माणको अभियानलाई सफल बनाउन संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए।
गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले वर्षको तीन हजार ५०० को बिमाबाट नागरिकलाई एक लाख रुपैयाँसम्मको ऋणबाट मुक्त गर्न सकिने बताए।
क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले दलित समुदायलाई स्वास्थ्य सेवासम्मको पहुँच सुनिश्चित गर्न ४२ हजारको लगानीमा एक वर्षको स्वास्थ्य बिमा गरिएको जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण