१६ महिनादेखिकाे सुत्केरी भत्ता एकैपटक
बैतडी : पुर्चौंडी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई १६ महिनापछि भत्ता वितरण गरेको छ।
स्वास्थ्य संस्थामा सुत्केरी भएकै समयमा दिनुपर्ने भत्ता नगरपालिकाले करिब डेढ वर्षपछि वितरण गरेको हो। यसअघि बजेट अभाव भएकाले भत्ता वितरण गर्न नसकेको नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए।
नगरपालिकाले २०७४ चैतदेखि २०७५ असारसम्मको सुत्केरी भत्ता वितरण गरेको हो। स्वास्थ्य संस्थामा प्रसूति भएकाहरूलाई नगरपालिकाभित्रका १० वटा स्वास्थ्य संस्थाको खातामा रकम जम्मा गरेको र स्वास्थ्य संस्थाहरूले आफ्नो सेवा क्षेत्रमा वितरण गर्न थालेको बताइएकाे छ।
नगरपालिकामा २१ वटा केन्द्रमा सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको छ। १६ महिनामा ७७८ आमाका लागि ३९ लाख रुपैयाँ भत्ताबापतको रकम स्वास्थ्य संस्थाहरूको खातामा पठाइएको नगरपालिकाले बताएको छ।
प्रतीकात्मक तस्विर





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण