जनकपुर अञ्चल अस्पतालमा बिरामीको मृत्यु
धनुषा : जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको छ। शनिबार अपराह्न मधुमेहको उपचारका लागि आएका जनकपुरधाम उपमहानगरपालिका १ का ७० वर्षीय अब्दुल करिमको मृत्यु भएको हो।
शनिबार राति नै करिमको मृत्यु भएको हाे। अक्सिजन अभाव र उपचारमा लापरवाहीका कारण मृत्यु भएको मृतकका परिवारजनले आरोप लगाएका छन्। उपचारका लागि ४ बजे नै अस्पतालमा आएका बिरामीलाई राती साढे ८ बजेसम्म कुनैपनि डाक्टर हेर्न नआएकाे उनकाे भनाइ छ।
करिमलाई मेडिकल वार्डमा ल्याइएपछि त्यहाँ ड्युटीमा रहेका चिकित्सक मनिष पाण्डेयले उपचारमा ध्यान नदिएको मृतकका छोरा मोहम्मद जिलानीले बताए।
पीडित पक्षले दोषी चिकित्सक र अस्पताल प्रमुखलाई कारवाहीको माग गरेका छन् । अस्पतालमा तनाव बढेपछि रातिदेखि नै सुरक्षाकर्मीको व्यवस्था गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण