गर्भपतन गराउँदा अविवाहित युवतीको मृत्यु
पर्सा– असुरक्षित रूपमा गर्भपतन गराउँदा पर्सामा एक अविवाहित युवतीको मृत्यु भएको छ ।
पर्साको पोखरिया नगरपालिका–६ की २० वर्षीया एक किशोरीको मृत्यु भएको हो।। प्रहरीका अनुसार आफ्ना प्रेमीको गर्भ पतन गराउन ती युवती सीमावर्ती भारतीय शहर रक्सौल गएकी थिइन्।
रक्सौलमा असुरक्षित रुपमा गर्भपतन गराएपछि गम्भीर बिरामी भएकी युवतीको मृत्यु वीरगञ्ज हेल्थ केयरमा उपचारका क्रममा भएको हो।
असुरक्षित रूपमा गर्भपतन गराएको अभियोगमा युवतीका प्रेमी पर्सा पोखरिया नगरपालिका–६ घर भएका सिकेन्द्र प्रसादलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण