जंगली च्याउले १२ जना बिरामी
उदयपुर : जिल्लाका दुई छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएका तीन परिवारका १२ जना बिरामी भएका छन्।
त्रियुगा नगरपालिका–९ राजाबासमा एक परिवारका पाँच जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका सात जना बिरामी भएका हुन्। शनिबार दिउँसो जंगली च्याउ खाएका राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती फूलमाया, छोरा २० वर्षीय अनिश, छोरी १७ वर्षीया रविना र ११ वर्षीय मनिष बिरामी परेका हुन्।
कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा उनीसहित छोराहरू १४ वर्षीय अनिष र ११ वर्षीय महेन्द्र तथा छोरी नौ वर्षीया सुजिता बिरामी भएका छन्।
उनीहरुकै छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ पनि बिरामी भएका छन्।
बिरामीहरूको उपचार मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण