जिल्ला अस्पतालमा पाँच महिनादेखि शल्यक्रिया बन्द
बारा : जिल्ला अस्पताल कलैयामा शल्यक्रियामार्फत् प्रसूति गराउने सेवा पाँच महिनादेखि बन्द छ। सेवा हुँदा सर्वसाधारण जिल्लाबाहिर जान बाध्य छन्।
प्रसूति सेवा बन्द भएपछि उनीहरू वीरगञ्जस्थित विभिन्न अस्पतालमा जान बाध्य भएका हुन्। अस्पतालका प्रमुख त्रिभुवनचन्द्र झा जनशक्ति अभाव र जेनेरेटर बिग्रिएका कारण सेवा दिन नसकेको बताउँछन्। अप्रेसन थिएटरको बिग्रिएको ढोका समेत मर्मत हुन नसकेको उनले बताए।
अस्पतालमा विभिन्न समस्या भए पनि गत वर्षको साउनदेखि जेठसम्म तीन हजार ५०० जनाको ‘नर्मल’ प्रसूति गराएको दाबी उनले गरे।
शल्यक्रियाका लागि दुई नर्स, कार्यालय सहयोगी दुई, शिशु हर्ने एक जना, बेहोश गर्ने एक जना आवश्यक पर्ने भए पनि अस्पतालमा जनशक्ति अभाव छ। अस्पतालमा ६० जनाको दरबन्दी रहे पनि १९ जना मात्र कर्मचारी रहेको प्रमुख झाले जानकारी दिए।
प्रदेश २ को स्वास्थ्य क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक प्रमोद यादवले अस्पतालमा अप्रेसन सेवा बन्द भएकोबारे अनभिज्ञता जनाए। उनले आमा सुरक्षा भत्ता अस्पतालमा पठाएको पनि दाबी गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण