ओखलढुंगा पूर्ण खोप सुनिश्चित जिल्ला
ओखलढुंगा : जिल्लालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला’ घोषणा गरिएको छ।
खोप लगाउने उमेरका सबै बालबालिकाले समयमै खोप लगाएको र अब जन्मिने बालबालिकाले पनि खोप पाउने सुनिश्चित भएसँगै ओखलढुंगा पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला बनेको हो।
जिल्लामा जन्मिएदेखि १५ महिना उमेर समूहका दुई हजार ७३५ बालबालिका रहेको बताइएको छ। यस्तै १६ देखि २३ महिनाभित्रका एक हजार ७१२ बालबालिका छन् ।
सबै बालबालिकाले समयमै सम्पूर्ण खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण