त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक कलेजो प्रत्यारोपण
काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजो प्रत्यारोपण सफल भएको छ।
डा. रमेशसिंह भण्डारीको टोलीले कलेजो प्रत्यारोपण गरेको हो। प्रत्यारोपणका लागि डा भण्डारीको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजको नेतृत्वमा आएको टोलीले सहयोग गरेको थियो । प्रत्यारोपणमा संलग्न बिरामी र डोनरको नाम सार्वजनिक गरिएको छैन।
४४ वर्षका पुरुषलाई उनका ज्वाइँले कलेजो दिएको भने बताइएको छ। अस्पतालका अनुसार दाता २८ वर्षका छन् ।
शिक्षण अस्पतालले पहिलो पटक गत जेठ १७ गते कलेजो प्रत्यारोपण गरेको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण