त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक कलेजो प्रत्यारोपण
काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजो प्रत्यारोपण सफल भएको छ।
डा. रमेशसिंह भण्डारीको टोलीले कलेजो प्रत्यारोपण गरेको हो। प्रत्यारोपणका लागि डा भण्डारीको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजको नेतृत्वमा आएको टोलीले सहयोग गरेको थियो । प्रत्यारोपणमा संलग्न बिरामी र डोनरको नाम सार्वजनिक गरिएको छैन।
४४ वर्षका पुरुषलाई उनका ज्वाइँले कलेजो दिएको भने बताइएको छ। अस्पतालका अनुसार दाता २८ वर्षका छन् ।
शिक्षण अस्पतालले पहिलो पटक गत जेठ १७ गते कलेजो प्रत्यारोपण गरेको थियो।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने