स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो वार्षिक प्रगति विवरण (भिडियो)
७९ प्रतिशत काम सम्पन्न, ६ प्रतिशत शुरु नै भएन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रमका उपलब्धि सार्वजनिक गरेको छ ।
शुक्रबार मन्त्रालयमा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा गत वर्ष मन्त्रालयले ७९ प्रतिशत काम सम्पन्न गरेको दावी गरेको छ । कूल ६५ वटा कार्यक्रममध्ये ५१ वटा कार्य सम्पन्न भएको त्यसैगरी, १० वटा कार्यक्रम सम्पन्न भइनसकेको र ४ वटा कार्यक्रम शुरु नै नभएको जनाइएको छ ।
मन्त्रालयमा आयोजित वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्यमा बजेट कम भएका कारण प्रगति गर्न नसकेको बताए । उनले भने, ‘स्वास्थ्यका लागि जम्मा ४ दशमलब ४८ प्रतिशत बजेट छुट्याइएको छ । यसमा पनि ४ प्रतिशत बजेट कर्मचारीको तलबमा खर्च हुन्छ । बाँकी रहेको शून्य दशमलब ४८ प्रतिशत बजेटले कसरी कार्यक्रम गर्ने? उनले थपे ।यति बजेटमा जति काम भएको छ त्यो उल्लेखनीय छ ।’
प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्रालयका सचिव डा पुष्पा चौधरीले शुरु हुन नसकेका कार्यक्रमकावारेमा जानकारी गराएकी थिइन् । मन्त्रालयले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा शिविर सन्चालन गरेको समेत उपलब्धिमा समेटिएको छ ।
भिडियो:





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण