स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो वार्षिक प्रगति विवरण (भिडियो)
७९ प्रतिशत काम सम्पन्न, ६ प्रतिशत शुरु नै भएन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रमका उपलब्धि सार्वजनिक गरेको छ ।
शुक्रबार मन्त्रालयमा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा गत वर्ष मन्त्रालयले ७९ प्रतिशत काम सम्पन्न गरेको दावी गरेको छ । कूल ६५ वटा कार्यक्रममध्ये ५१ वटा कार्य सम्पन्न भएको त्यसैगरी, १० वटा कार्यक्रम सम्पन्न भइनसकेको र ४ वटा कार्यक्रम शुरु नै नभएको जनाइएको छ ।
मन्त्रालयमा आयोजित वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्यमा बजेट कम भएका कारण प्रगति गर्न नसकेको बताए । उनले भने, ‘स्वास्थ्यका लागि जम्मा ४ दशमलब ४८ प्रतिशत बजेट छुट्याइएको छ । यसमा पनि ४ प्रतिशत बजेट कर्मचारीको तलबमा खर्च हुन्छ । बाँकी रहेको शून्य दशमलब ४८ प्रतिशत बजेटले कसरी कार्यक्रम गर्ने? उनले थपे ।यति बजेटमा जति काम भएको छ त्यो उल्लेखनीय छ ।’
प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्रालयका सचिव डा पुष्पा चौधरीले शुरु हुन नसकेका कार्यक्रमकावारेमा जानकारी गराएकी थिइन् । मन्त्रालयले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा शिविर सन्चालन गरेको समेत उपलब्धिमा समेटिएको छ ।
भिडियो:
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित