टाउकाे जाेडिएका जुम्ल्याहाकाे सफल शल्यक्रिया
जन्मिँदा टाउको जोडिएका पाकिस्तानका दुई वर्षीया जुम्ल्याहा सफा र मारवा उल्लाहलाई शल्यक्रियाबाट अलग्याइएको छ।
लन्डनको ग्रेट आरोमोन्ड स्ट्रिट हस्पिटलमा ५५ घण्टाको शल्यक्रियामार्फत् उनीहरूलाई छुट्याइएको हो। अहिले उनीहरू दुवै स्वस्थ छन्। पाकिस्तानको चरसद्दाका ती जुम्ल्याहको जन्म ‘सिजरिङ’बाट भएको थियो।
शल्यक्रिया न्युरोसर्जन नुर अल ओवेसी जिलानी र प्रो. डेविड डुनावेकाे टोली मिलेर गरेको हो। उनीहरूको मस्तिष्कका नसाहरू आपसमा जेलिएका थिए। डाक्टरले शल्यक्रियाअघि थ्रीडी प्रिन्टिङका माध्यमबाट यसको जटिलता बुझ्ने प्रयास गरेका थिए।
उनीहरूको पहिलो शल्यक्रिया अक्टोबर २०१८ मा गरिएको थियो। त्यतिबेला उनीहरुको उमेर मात्र १९ महिनाको थियो। पूरै अलग गर्न अन्तिम शल्यक्रिया सन् २०१९ फेब्रुअरी ११ मा गरिएको थियो। शल्यक्रियाका बेला अस्पतालका करिब १०० कर्मचारी सहभागी थिए।
बच्चाका आमा जैनब बीबीले अस्पताल र त्यहाँका सबै कर्मचारी प्रति सधैँ ऋणी भएको बताइन्। दुवै बच्चालाई जुलाई १ मा डिस्चार्ज गरिएको थियो।
अहिले उनीहरू आमा र हजुरबुबासँग लन्डनमा रहेको बताइएको छ। बच्चाहरूलाई केही समयसम्म फिजियोथेरापी र थप रेखदेखका लागि बोलाउने गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण