औषधि व्यवस्था विभागले साेध्याे, कुन औषधि अभाव भएकाे हाे?
काठमाडौं : औषधि व्यवस्था विभागले नेपालमा बिरामी मानिस तथा पशुपक्षीको उपचारका लागि अभाव रहेको औषधिबारे जानकारी दिन चिकित्सक तथा अस्पतालहरूलाई आग्रह गरेको छ। विभागले एलोपेथिक, आयुर्वेदिक, होमियोप्याथि र भेटिरिनरी कुन औषधि अभाव भएको हो भनी प्रश्नसमेत गरेको छ?
कतिपय औषधिहरू बजारमा उपलब्ध नभएको भन्ने गुनासा पत्रपत्रिकामा समाचार प्रकाशित भएको प्रति ध्यानाकर्षण भएको भन्दै विभागले सात दिनभित्र लिखित, ईमेल वा अन्य कुनै माध्यमबाट जानकारी दिन आग्रह गरेको हो।
‘के कस्ता प्रकारका औषधिहरूको कस्तो प्रकारको रोगको उपचारका लागि अभाव रहेको हो सो सम्बन्धमा पनि सो चिकित्सा पद्धतिमा संलग्न सम्बद्ध चिकित्सकहरू, अस्पतालहरूलगायतलाई अनुरोध गरिन्छ’, विभागले निकालेको विज्ञप्तिमा उललेख छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण