औषधि व्यवस्था विभागले साेध्याे, कुन औषधि अभाव भएकाे हाे?
काठमाडौं : औषधि व्यवस्था विभागले नेपालमा बिरामी मानिस तथा पशुपक्षीको उपचारका लागि अभाव रहेको औषधिबारे जानकारी दिन चिकित्सक तथा अस्पतालहरूलाई आग्रह गरेको छ। विभागले एलोपेथिक, आयुर्वेदिक, होमियोप्याथि र भेटिरिनरी कुन औषधि अभाव भएको हो भनी प्रश्नसमेत गरेको छ?
कतिपय औषधिहरू बजारमा उपलब्ध नभएको भन्ने गुनासा पत्रपत्रिकामा समाचार प्रकाशित भएको प्रति ध्यानाकर्षण भएको भन्दै विभागले सात दिनभित्र लिखित, ईमेल वा अन्य कुनै माध्यमबाट जानकारी दिन आग्रह गरेको हो।
‘के कस्ता प्रकारका औषधिहरूको कस्तो प्रकारको रोगको उपचारका लागि अभाव रहेको हो सो सम्बन्धमा पनि सो चिकित्सा पद्धतिमा संलग्न सम्बद्ध चिकित्सकहरू, अस्पतालहरूलगायतलाई अनुरोध गरिन्छ’, विभागले निकालेको विज्ञप्तिमा उललेख छ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा