चितवनमा ६ महिनामा ५४ एचआईभी सङ्क्रमित
चितवन : सन् २०१९ को छ महिनामा जिल्लामा ५४ नयाँ एचआईभी सङ्क्रमित भेटिएका छन्। जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा यो सङ्ख्यामा संक्रमित पाइएका हुन्।
योसँगै जिल्लामा सङ्क्रमितको संख्या एक हजार ७६४ पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ। केन्द्रका अनुसार उनीहरूमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन्।
अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ सङ्क्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन्। सन् २०१८ को अन्त्यमा जिल्लामा एक हजार ६८५ सङ्क्रमित थिए। सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए। अस्पतालमा आउने सङ्क्रमितलाई अहिले अस्पतालमै रहेको एएचएफ नेपालले सहयोग गर्दै आएको छ ।
केन्द्रका स्रोतव्यक्ति डा. युवानिधि बस्यौलाले सङ्ख्या हेर्दा घट्दो देखिए पनि खुलेर आउनेको सङ्ख्या भने कम रहेको बताए। जिल्लामा रहेका सबै केन्द्रबाट औषधि नलिने गरेका कारण उनीहरूमा आएको सुधारको विषयमा जानकारी लिन समस्या भएकाे उनले जानकारी दिए।
मकवानपुर, नवलपरासी र धादिङलगायतका जिल्लामा रहेका संक्रमित चितवन आएर औषधि लाने गरेको र उनीहरुलाई एकदेखि दुई महिनाका लागि औषधि पठाउने गरेको डा.बस्यौलाकाे भनाइ छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने