बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सिरहा : बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३ का बाढीपीडितलाई लक्ष्य गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत उमेश कर्णले जानकारी दिए।
बाढी प्रभावित स्थानमा रोगको सङ्क्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयमा शरण लिएर बस्दै आएका स्थानीय ३०० बाढीपीडितको निःशुल्क स्वास्थ्य जाँच गरिएको हाे।
यसैगरी जिल्लाको कर्जन्हा गाउँपालिका, लहान नगरपालिकाको विभिन्न वडालाई लक्ष्य गरी बाढी प्रभावित स्थानमा समेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको अधिकृत कर्णको भनाइ छ।
शिविरमा दूषित पानी, खाना तथा वातावरणका कारण हुने कमलपित्त, झाडापखाला, ज्वरो, रुघाखोकी, बान्ता आउने र रिङ्गटा लाग्नेजस्ता रोगको परीक्षणका साथै निःशुल्क औषधिको व्यवस्था मिलाएको कर्णले बताए।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल