जडिबुटी भारत निकासी घट्याे
नेपालगञ्ज : जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रूपमा जटीबुडीको खेती हुँदै आएको छ।
सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ। नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको थियो ।
नेपालमा करीब पाँच प्रतिशत जडीबुटी उत्पादन र गैह्रकाष्ठ वन पैदावार क्षेत्र रहेको शुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी निकासी भइरहेकामा अहिले १५\१६ वटा प्रजातिका जडीबुटी मात्र निकासी हुने गरेको छ। भारतको उत्तर प्रदेश सरकारले नेपालबाट निकासी हुने जडीबुटीमा ‘ट्राञ्जिट परमिट’ को व्यवस्था लागु गरेपछि निकासी घटेको व्यवसायीहरू बताउँछन्।
ढकेरीमा रहेको उक्त उद्यानमा वनस्पतिका बिरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धानसमेत हुने गरेको छ। यहाँ हुर्काइएका जडीबुटीका बिरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ।
त्यसैगरी बाँकेलगायत पश्चिम क्षेत्रका अन्य जिल्लामा उत्पादन गरिएका जडीबुटीको सङ्कलन र बिक्री नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमा आबद्ध व्यवसायीहरूले गर्दै आएका छन् । सङ्घले सङ्कलन गरेको जडीबुटी भारतलगायत तेस्रो मुलुकमा निकासी हुने गरेको सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीेले बताए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा