जिल्लामै पहिलो स्तनपान कक्ष स्थापना
नवलपरासी : पश्चिम नवलपरासीस्थित सरकारी कार्यालयमा महिला सेवाग्राहीलाई लक्ष्य गरी पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरेको हो।
कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै स्तनपान कक्ष स्थापना गरिएको हो। महिला सेवाग्राहीलाई सार्वजनिक स्थलमा आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले कार्यालय हाताभित्रै स्तनपान कक्ष स्थापना गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिए।
स्तनपान कक्ष स्थापना भएपछि दुधेबच्चासहित महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो भएको कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताए। कार्यालयलाई महिलामैत्री बनाउन यो शुरुआत गरेको उनको भनाइ छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित