खनाल बीपी प्रतिष्ठानकाे निमित्त उपकुलपति नियुक्त
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल निमित्त उपकुलपति नियुक्त भएका छन्।
बहालवाला उपकुलपति प्रा.डा. राजकुमार रौनियार घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेपछि खनाललाई निमित्त उपकुलपति नियुक्त गरिएको हो।
प्रतिष्ठानको दैनिक कार्यसञ्चालनमा असहज भएपछि शिक्षाध्यक्ष खनाललाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार निमित्त उपकुलपति पदमा नियुक्त गरेका हुन्। रौनियार बिहीबार राति पक्राउ परेपछि शुक्रबारदेखि प्रतिष्ठान उपकुलपतिविहीन थियो ।
खनालले प्रतिष्ठानमा हाडजोर्नी विभागका प्रमुखका रूपमा समेत काम गरेका थिए। दुई वर्ष अघि उपकुलपति रौनियारकै सिफारिसमा उनी शिक्षाध्यक्ष नियुक्त भएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण