हेलिकाेप्टरबाट गर्भवतीकाे उद्धार
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकामा एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
त्रिपुरासुन्दरी–९ चुँगाउँ बस्ने २४ वर्षीया जयकुमारी बोहोरालाई बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा उनको उद्धार गरिएको हो।
बोहोराको पेटमा रहेका जुम्ल्याहा बच्चा तेर्सो भएर बसेकाले उद्धार गरी उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको लिकु स्वास्थ चौकीले बताएको छ।
बेथाले च्यापेपछि उनलाई बुधबार साँझ लिकु स्वास्थ चौकी ल्याइएको थियो। जाँचपछि स्वास्थ चौकीमा प्रसूति गराउन नसकिने देखिएपछि हेलिकोप्टर बोलाएर उनको उद्धार गरिएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण