हेलिकाेप्टरबाट गर्भवतीकाे उद्धार
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकामा एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
त्रिपुरासुन्दरी–९ चुँगाउँ बस्ने २४ वर्षीया जयकुमारी बोहोरालाई बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा उनको उद्धार गरिएको हो।
बोहोराको पेटमा रहेका जुम्ल्याहा बच्चा तेर्सो भएर बसेकाले उद्धार गरी उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको लिकु स्वास्थ चौकीले बताएको छ।
बेथाले च्यापेपछि उनलाई बुधबार साँझ लिकु स्वास्थ चौकी ल्याइएको थियो। जाँचपछि स्वास्थ चौकीमा प्रसूति गराउन नसकिने देखिएपछि हेलिकोप्टर बोलाएर उनको उद्धार गरिएको बताइएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो