‘कंगोमा इबोला : जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कंगोमा फैलिएको इबोलालाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको छ।
डब्लूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ अर्थात अन्तर्राष्ट्रियस्तरमा चासो दिनुपर्ने ‘जनस्वास्थ्य आपतकाल’ रहेको बताएको हो।
उसले इबोलाविरुद्धको अभियानका लागि सम्पन्न देशहरुले थप आर्थिक सहयोग गर्नु पर्ने बताएको छ।
डब्लूएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नुपर्ने अवस्था भने नरहेको जनाएको छ। कंगोका इबोलाग्रस्त क्षेत्र बाहिर यसको संक्रमण फैलिने सम्भावना उच्च नरहेको डब्लूएचओको भनाइ छ।
इबोला महामारीका कारण कंगोमा अहिलेसम्म १६ सयभन्दा बढीको ज्यान गएको छ। यहि हप्ता गोमा क्षेत्रमा इबोलाको पहिलो संक्रमण पुष्टि भएको थियो। गोमा क्षेत्रमा १० लाख भन्दा बढी मानिसको बसोबास छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित