बोनम्यारो क्यान्सरपीडितलाई सहयोग
लमजुङ : बेसीशहर नगरपालिका–९ की बोनम्यारो क्यान्सरपीडित १९ वर्षीया सुष्मा दीक्षितलाई डेनमार्कबाट संकलित रकम हस्तान्तरण गरिएको छ।
‘सुष्मा दीक्षित बचाऊ’ अभियानका लागि आफ्ना छोराबुहारीले संकलन गरेको एक लाख २७ हजार ५९७ बुधबार खिमबहादुर घिमिरे एवं विष्णुमाया घिमिरेले सुष्माकी आमा शान्ति दीक्षितलाई हस्तान्तरण गरेका हुन्।
हाल डेनमार्कमा कार्यरत सुरेश घिमिरे र उनकी श्रीमती सरिता खड्काको पहलबाट डेनमार्कमा बस्ने नेपालीसँग सहयोग सङ्कलन गरी पीडितलाई रकम पठाइएको हो।
काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा उनी करिब सात महिनादेखि उपचार गरिरहेको पीडितकी आमा शान्तिले बताइन्। छोरीको उपचारका क्रममा यसअघि दुबई, अमेरिका, कतार, साउदीलगायतका अन्य देशमा रोजगारीका सिलसिलामा गएका नेपालीबाट छ लाख रूपैयाँ प्राप्त भएको उनले जानकारी दिइन्।
हालसम्म सरकारबाट रु एक लाख बराबरको औषधि निःशुल्क र बेँसीशहर नगरपालिकाबाट २० हजार रूपैयाँ प्राप्त गरेको परिवारले जनाएको छ। परिवारका अनुसार सहयोग प्राप्त रकम, जग्गा बेचेर, ऋण खोजेर र घरजग्गा बैंकमा धितो राखेर आएको ३० लाख रुपैयाँ खर्च भइसकेको छ । छोरीलाई भारतमा लगी थप उपचार गर्न६० लाखभन्दा बढी लाग्ने अस्पतालले बताएको आमा शान्तिले जानकारी दिइन्।
यतिका रकम हामीसँग छैन, परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै उहाँले सहयोगी मन भएका सबैले सहयोग गरी छोरीलाई बचाउन आग्रह गरिन्। अस्पतालले केही महीनाअघि नै उपचारका लागि भारत लैजान सुझाव दिए पनि आर्थिक अवस्थाकै कारण नसकेकाे उनले बताइन्। दैनिक आठ पिन्ट सेतो र रातो गरी रगत दिइरहनुपर्छ, ज्वरो त्यस्तै आउँछ, दैनिक हजारौँ रकम खर्च हुने गरेको परिवारको भनाइ छ ।
बोनम्यारो क्यान्सरपीडित दीक्षितका बुबा विष्णु दीक्षित, आमा शान्ति, भाइ सुजल र बहिनी रेश्मा छन्। पीडितका बुबा भने कामको सिलसिलामा साउदी अरबमा छन्।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित