Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमा अझै २२ हजार भन्दा बढी स्वास्थ्यकर्मीको समायोजन बाँकी

स्वास्थ्यमा अझै २२ हजार भन्दा बढी स्वास्थ्यकर्मीको समायोजन बाँकी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले ठुलो संख्यामा रहेका स्वास्थ्यकर्मीको समायोजनमा अझै समस्या भएको बताएका छन्।

श्रेष्ठले बुधबार हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै सबैभन्दा बढी संख्यामा रहेका अहेब, अनमी र हेल्थ असिस्टेन्टको समायोजनमा धेरै नै समस्या भएकाले केही समय अझै लाग्ने बताए ।

उनले लगातारको वर्षाका कारण गएको बाढीले गर्दा समायोजनलाई अहिलेलाई थाँती राखेर बाढी पीडितको उद्धार र उपचारमा केन्द्रित रहेकोे पनि जानकारी दिए । उनले भने,’तत्काल केही दिनका लागि हामी समायोजन भन्दा पनि विपतमा परेकालाई उपचार तर्फ लागेका छौं, त्यसैले केही समय लम्बिने भएको छ ।’

मन्त्रालयको रेकर्ड अनुसार कार्यरत अहेब ८ हजार, अनमी ८ हजार भन्दा बढी, हेल्थ असिस्टेन्ट ४५ सय र स्टाफ नर्स दुई हजार रहेका छन्। उनीहरु सबैको समायोजन बाँकी नै छ ।

यस हिसाबले स्वास्थ्यमा अझै २२ हजार भन्दा बढी स्वास्थ्यकर्मीको  समायोजन बाँकी छ । बाढीका कारण समायोजन तत्कालका लागि रोकिएकाले उनीहरुको समायोजन हुन अझै दुई महिना जति लाग्न सक्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार