इटहरीमा सुविधासम्पन्न अस्पताल र चिकित्सक अभाव
सुनसरी : इटहरीमा सात वटा अस्पताल र सात वटा पोलिक्लिनिक सञ्चालनमा छन्। नेपाल औषधि व्यवसायी संघका अनुसार ८० को हाराहारीमा औषधि पसल सञ्चालित छन् ।
नगरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चार वटा स्वास्थ्य चौकी र एक शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र छ । १५ शय्याको अस्पताल सञ्चालनका लागि उपमहनगरपालिकाले इटहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल भनिएको छ । क्षेत्रफल र भौतिक पूर्वाधार समेत पर्याप्त छ । तर स्तरोन्नति भने हुन सकेको छैन ।
इटहरीमा ठुला ठुला लगानीमा केही वर्षअघि ठूलो लगानीमा खुलेका टीआर हस्पिटल, सिटी हस्पिटल, मेडिस्कट हस्पिटल र पूर्वाञ्चल हस्पिटल लगायतका स्वास्थ्य संस्था हाल बन्द भएका छन्। सञ्चालनमा रहको स्वास्थ्य संस्थाहरूमा दक्ष जनशक्ति अभाव छ ।
पञ्चकोशी पोलिक्लिनिकका सञ्चालक तथा नेपाल औषधि व्यवसायी संघ इटहरीका संयोजक नवीन सुवेदीका अनुसार चिकित्सकको अभावमा स्वास्थ्य संस्था सञ्चालनमा गर्न समस्या हुने गरेको छ ।
आन्तरिक व्यवस्थापन र पार्किङको समस्याको कारण अस्पताल बन्द गर्नुपरेको टीआर हस्पिटलका सञ्चालक तिलक अधिकारीको भनाइ छ।
नगरका अस्पतालमा उदयपुर, सुनसरी, मोरङ र धनकुटाबाट बिरामीहरू आउने गरेका छन् । पुर्जी काट्नका न्युनतम २५० रुपैयाँ माथि शुल्क लाग्ने गरेको छ। यस्तै सामान्य शल्यक्रियाका लागि भने दुई हजार ५०० देखि चार हजार रुपैयाँसम्म तिर्नुपर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण