४५ प्रतिशत महिला अझै घरमै जन्माउँछन् शिशु
जुम्ला : जिल्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमै शिशु घरमै जन्माउने गरेका छन्। ग्रामीण क्षेत्रका महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी हुन असहज मान्ने गरेको गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताए।
घरमा हुने सुत्केरी हुनेको संख्या बढी भएपछि घटाउन गाउँपालिकाले अभियान नै शुरु गरेको छ। गाउँपालिकाअन्तर्गत रहेका चार स्वास्थ्य संस्थामध्ये दुईमा बर्थिङ सेन्टर सञ्चालनमा रहेको बाँकीमा यसै महिनादेखि सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष लछिमन बोहराकाे भनाइ छ। उनका अनुसार पट्मारा र पातारासी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी रहेको छ।
गाउँपलिकाले घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य बनाउन अभियानको सुरु गरेको छ, जसअनुसार स्वास्थ्य संस्थामा गएर सुत्केरी भए गाउँपालिकाले तीन हजार रुपैयाँ शिशुको नाममा जम्मा गरिदिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित