सप्तरीको बाढीग्रस्त क्षेत्रमा सर्पदंशका घटना बढ्यो
राजविराज : बढ्दो गर्मी, वर्षा र बाढीका कारण सप्तरीमा सर्पदंशका घटना बढेको छ। बाढी प्रभावित क्षेत्रमा सर्पदंशका घटना बढेपछि उपचारका लागि अस्पताल आउने बिरामीको चाप बढेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले जनाएको छ।
सोमबार मात्रै अस्पतालमा पाँच जना सर्पदंशका बिरामी उपचारका लागि आएको अहेव सन्तोष दासले बताए।
सर्पले डसेर सर्पदंशका चार र बिच्छीले डसेर एक जना बिरामी भई अस्पताल भर्ना भएका छन्। सर्पदंशको उपचार हुने सर्पदंश उपचार केन्द्र कल्याणपुर, सशस्त्र प्रहरी दन्तकाली गण बरमझियाका साथै धरान, विराटनगरमा समेत बिरामी लैजाने गरिएकाले संख्या दुई गुणा बढी हुन सक्ने अहेव दासकाे अनुमान छ।
बाढीपछि सर्पले मानिसलाई डसेर उपचारका लागि अस्पताल आउने बिरामीको संख्या एक्कासि बढेको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार पाँच दिनयता वर्षासँगै आएको बाढीले सर्प जमिनबाट बाहिर निस्कन थालेका छन्। अस्पतालका अनुसार पाँच दिनयता सर्पदंशका २८ जना बिरामी उपचारका लागि आएका छन्। पाँच दिनयता दिनकै सात जनासम्म बिरामी आउने गरेका छन्।
बाढी क्षेत्रमा एक्कासि सर्पको बिगबिगी बढेपछि बाढीले आजित बाढीपीडित थप त्रसित बनेका छन्। घरमा पानी पसेर बस्न–सुत्न र खाना खान समस्या भइरहेका बेला उनीहरू सर्पदंशको सिकार भइरहेकाले झन् समस्या भएको बाढी पीडितले जनाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित