Health TV Online
Health TV Online
Health TV Online

सर्पदंश उपचार केन्द्रलाई उपकरण

सर्पदंश उपचार केन्द्रलाई उपकरण

महोत्तरी : बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण जुटेको छ। उपचारमा आवश्यक पर्ने थप उपकरण सहयोगी संस्थाले जुटाएका हुन्।

केन्द्रलाई भर्खरै बर्दिवासस्थित लक्ष्मी बैंक शाखाले एक थान इलेक्ट्रिक अक्सिजन, आईसीयू साइडबेड मनिटर र आईसीयू बेडसहित तीन लाख मूल्य बराबरको उपकरण प्रदान गरेको छ। बैंकको सामाजिक कोषअन्तर्गत यी उपकरण उपलब्ध गराइएको बैंकका प्रदेश–२ का मुख्य प्रबन्धक उज्ज्वल घिमिरेले जानकारी दिए।

यी उपकरणले गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचार अब सहज हुने भएको छ । यी उपकरणकै अभावमा बिरामी अन्यत्र पठाउनुपर्ने अवस्था अब घट्ने केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए।

यसअघि गत वर्ष असारमै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडीपी) को सहयोगमा दैनिक ७.२ युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएको थियो। सौर्य ऊर्जाले प्रकाश र अत्यावश्यक औषधि भण्डारण सहज भएको केन्द्रले जनाएको छ।

२०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको उपचार केन्द्रमा हालसम्म करिब तीन हजारले उपचार सेवा लिइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार