जंगली वनस्पति खाँदा दाजुबहिनीको मृत्यु, आमा गम्भीर बिरामी
अछाम : रामारोशन गाँउपालिकामा जंगली वनस्पतिको तरकारी खाएका दाजु र बहिनीको मृत्यु भएको छ भने आमा गम्भीर बिरामी छिन्।
शुक्रबार बिहान निँगुरो जस्तै देखिने वनस्पति खाएका रामारोशन गाउँपालिका ५ तल्लोपाटनका ११ वर्षीय रमेश बोहरा र बहिनी ५ वर्षीया मनिषाको मृत्यु भएको हो।
आमा नरपता बोहोराको अवस्था गम्भीर छ। उनलाई बयालपाटा अस्पताल अछामबाट थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ। मनिषाको राति एक बजे घरमै ज्यान गएको हो भने रमेशलाई अस्पताल पुर्याए पनि बचाउन नसकिएको बयालपाटा अस्पतालका डा. विकास गौचनले बताए।
शुक्रबार बिहान जंगली वनस्पति खाएका उनीहरूले पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रिंगटा लाग्ने र ओठमुख सुक्ने समस्या बल्झिएपछि शनिबार साँझमात्रै आफन्तलाई खबर गरेका थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित