अस्पतालकाे सेवा सहज बनाउन माग गर्दै स्थानीयकाे प्रदर्शन
डडेल्धुरा : चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा सञ्चालन गर्न माग गर्दै सदरमुकामका बासिन्दाले प्रदर्शन गरेका छन् ।
चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्काल अस्पतालको सेवा पुनःसञ्चालन गर्न भन्दै जिल्ला सदरमुकामवासीले आइतबार प्रदर्शन गरेका हुन्।
उनीहरूले अस्पतालको सेवा तत्काल सञ्चालन गरी मानिसको स्वास्थ्य सेवा पाउने अधिकारको रक्षा गर्न माग गर्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। तत्काल अस्पतालको सेवा सञ्चालन नगरे कडा आन्दोलनमा उत्रिने स्थानीयवासी प्रकाश जैरुले बताए।
अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको प्रजिअ पौडेलले जानकारी दिए। चिकित्सकमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै डडेल्धुरा अस्पतालका नि. मेसु जीतेन्द्र कँडेलबाहेकका अन्य १० जना डाक्टरले जिल्ला छोडेपछि डडेल्धुरा अस्पतालको ओपीडी सेवा पूर्णरूपमा बन्द छ।
यसका कारणा आकस्मिक सेवासमेत प्रभावित बनेको छ। चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुँदा डडेल्धुरासहित सुदूरपश्चिमका अन्य छ पहाडी जिल्लाका बिरामी मर्कामा परेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित