रगत पाउनै मुस्किल
चितवन : अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या बढेको छ। तर, पर्याप्त रगत छैन। बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा चितवनमा रगत पाउन मुस्किल भएको छ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार आवश्यक मात्रामा रगत सङ्कलन नहुँदा समस्या आएको हो। चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर रगत लग्ने गरेको उनले बताए।
रगतको व्यवस्थापन गर्न नसक्दा अति आवश्यक बाहेकका शल्यक्रियाको समय सार्नुपर्ने अवस्थासमेत सिर्जना भएको पौडेलले बताए।
केन्द्रमा दैनिक १५० युनिट रगतको माग हुने गरेको छ भने रक्तदान र केन्द्रमा नै रक्तदाता पुगेर दिने रगत ७५ युनिट मात्र हुने गरेको छ।
देशकै केन्द्र भागमा रहेकाले यहाँ आउने दुर्घटनाका घाइते, भरतपुर अस्पतालमा हुने प्रसुतिको शल्यक्रिया, क्यान्सर अस्पतालमा हुने बिरामीको शल्यक्रियामा बढी रगत आवश्यक पर्छ। यहाँका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालले पनि शल्यक्रिया र अन्य उपचारका क्रममा बिरामीलाई रगत चढाउने गर्छन्।
चितवनमा जेठदेखि साउनसम्म रगतको चरम अभाव हुन्छ। खेर जाने रगतले जीवन बचाउन सकिने भएकाले रक्तदानमा सहभागी भई सहयोग पुर्याइदिन केन्द्रले आह्वान गरेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित