होटल तथा रेष्टुरेन्टमा प्राथमिक उपचार सामग्री
बागलुङ : होटल तथा रेस्टुरेन्टमा आउने पाहुनाले अब होटलबाटै प्राथमिक उपचार पाउने भएका छन्। सदरमुकाम बागलुङ बजारका होटल तथा रेस्टुरेन्टले काम गर्ने मजदुर र सेवाग्राहीलाई लक्ष्य गरी प्राथमिक उपचारको व्यवस्था गरेका हुन्।
होटलमा आउने पाहुनाका लागि सहज होस् भन्ने उद्देश्यले उनीहरूले प्राथमिक उपचारमा प्रयोग हुने औषधि र औजार राखेका छन्। होटलमा आउने पाहुना र पर्यटकको सहजता र स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गर्नका निम्ति होटल तथा रेस्टुरेन्टमा ‘फस्ट एड बक्स’ राखेको होटल तथा रेष्टुराँ व्यवसायी समिति अध्यक्ष निलेश राजभण्डारीले बताए।
काठमाडौँको वेलनेस टिमले बागलुङका दुई दर्जन होटल र रेस्टुरेन्टमा प्राथमिक उपचारको व्यवस्था गरेको वेलनेस टिमका अध्यक्ष नितु खड्काले बताइन्।
स्वास्थ्य संस्था नभएको ठाउँ तथा तत्काल प्राथमिक उपचार गर्ने समयमा ‘फस्ट एड बक्स’ले निकै सहज पुग्ने भएपछि बागलुङबाट शुरुआत गरिएको वेलनेस टिमले जनाएको छ । प्राथमिक उपचारका लागि आवश्यक पर्ने १६ औषधि तथा औजार बक्समा रहेका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल