होटल तथा रेष्टुरेन्टमा प्राथमिक उपचार सामग्री
बागलुङ : होटल तथा रेस्टुरेन्टमा आउने पाहुनाले अब होटलबाटै प्राथमिक उपचार पाउने भएका छन्। सदरमुकाम बागलुङ बजारका होटल तथा रेस्टुरेन्टले काम गर्ने मजदुर र सेवाग्राहीलाई लक्ष्य गरी प्राथमिक उपचारको व्यवस्था गरेका हुन्।
होटलमा आउने पाहुनाका लागि सहज होस् भन्ने उद्देश्यले उनीहरूले प्राथमिक उपचारमा प्रयोग हुने औषधि र औजार राखेका छन्। होटलमा आउने पाहुना र पर्यटकको सहजता र स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गर्नका निम्ति होटल तथा रेस्टुरेन्टमा ‘फस्ट एड बक्स’ राखेको होटल तथा रेष्टुराँ व्यवसायी समिति अध्यक्ष निलेश राजभण्डारीले बताए।
काठमाडौँको वेलनेस टिमले बागलुङका दुई दर्जन होटल र रेस्टुरेन्टमा प्राथमिक उपचारको व्यवस्था गरेको वेलनेस टिमका अध्यक्ष नितु खड्काले बताइन्।
स्वास्थ्य संस्था नभएको ठाउँ तथा तत्काल प्राथमिक उपचार गर्ने समयमा ‘फस्ट एड बक्स’ले निकै सहज पुग्ने भएपछि बागलुङबाट शुरुआत गरिएको वेलनेस टिमले जनाएको छ । प्राथमिक उपचारका लागि आवश्यक पर्ने १६ औषधि तथा औजार बक्समा रहेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण