जङ्गली च्याउ खाँदा सात जना बिरामी
जाजरकोट : जङ्गलबाट ल्याएको च्याउ खाँदा सात जना बिरामी परेका छन्।
जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका १, सिल्पाचौर घर भई सदरमुकाम खलंगामा बस्दै आएका शान्त बुढा, रत्न बुढा, ओमप्रकाश बुढा, बिरामी परेका छन्। डम्बर पुन, शान्ति पुन, टकबहादुर पुन र तिलबहादुर थापा पनि बिरामी परेका छन्।
जाजरकोट अस्पतालमा उनीहरूको उपचार भइरहेको अस्पतालका डाक्टर अमिन शाहले बताए। सातै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको शाहले बताए।
बारेकोट घरबाट खलंगा आउँदा फुलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साँझ पकाएर खाएका थिए। खाएलगत्तै उनीहरूलाई बान्ता भएको थियो।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने