जङ्गली च्याउ खाँदा सात जना बिरामी
जाजरकोट : जङ्गलबाट ल्याएको च्याउ खाँदा सात जना बिरामी परेका छन्।
जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका १, सिल्पाचौर घर भई सदरमुकाम खलंगामा बस्दै आएका शान्त बुढा, रत्न बुढा, ओमप्रकाश बुढा, बिरामी परेका छन्। डम्बर पुन, शान्ति पुन, टकबहादुर पुन र तिलबहादुर थापा पनि बिरामी परेका छन्।
जाजरकोट अस्पतालमा उनीहरूको उपचार भइरहेको अस्पतालका डाक्टर अमिन शाहले बताए। सातै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको शाहले बताए।
बारेकोट घरबाट खलंगा आउँदा फुलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साँझ पकाएर खाएका थिए। खाएलगत्तै उनीहरूलाई बान्ता भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण